नियम
कोषको खाता सञ्चालन

(१) कोषका लागि प्राप्त हुने सबै रकम नेपाल राष्ट्र बैंक वा सरकारी कारोबार गर्ने बैंकमा कोषका नाममा खाता खोली जम्मा गरिनेछ ।
(२) उपनियम (१) बमोजिमको खाता महासचिव वा निजले तोकेको अधिकृत र लेखा प्रमुख वा लेखातर्फको अधिकृतको संयुक्त दस्तखतबाट सञ्चालन गरिनेछ ।